ट्रेन्डिङ

सर्लाहीमा १२ लाखभन्दा बढीको अवैध काजुसहित एकजना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले करिब १२ लाख ३० हजार रुपैयाँ बराबरको अवैध काजुसहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आइतबार बिहान ११ः ३० बजे बागमती नगरपालिका–१२ स्थित प्रहरी चेकपोष्टमा विशेष सूचनाका आधारमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले उक्त काजु बरामद गरेको हो।

मदनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको परालको भुस लोड गरिएको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा परालको भुसभित्र लुकाई छिपाई ल्याइएका २८ बोरा काजु फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको काजुको तौल करिब ८२० किलोग्राम रहेको छ, जसको अनुमानित मूल्य १२ लाख ३० हजार रुपैयाँ छ।

प्रहरीले ट्रक र ट्रक चालक सर्लाहीको बरहथवा नगरपालिका–१३ बसबरिया बस्ने ५६ वर्षीय राजबंशी झालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका झा र बरामद गरिएको काजुसहितको ट्रकलाई थप आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै