ट्रेन्डिङ

आरोपप्रत्यारोपमा निधि र महासेठ

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा अड्चन सृजना गरेको आरोप लगाएको एक दिन नबित्दै एमालेका सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् ।

जनकपुरधाममा आज पत्रकार सम्मेलन आयोजन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत सचिव महासेठले निधि विकास विरोधी मानसिकतावाट ग्रसित रहेको आरोप लगाए ।

नेता महासेठले पटकपटक विकास विरोधि काम गर्ने र अरुमाथि आरोप लगाउनु लाजास्पद रहेको टिप्पणी गरे । उनले जनकपुरधामको फोहर मैला व्यवस्थापन हुन नसक्नुदेखि लिएर दुर्गानन्द झाको नाममा स्मृति भवनसमेत निर्माण नगरी एमालेलाई बिकास बिरोधि भन्नू गलत रहेको बताए ।

उनले जनकपुरधामस्थित गंगा सागरको डिलमा करिब एक कठ्ठा जग्गामा स्वर्गीय रामनारायण मिश्रको स्मृति भवन बनाउने, दुर्गानन्द झाको जटहीमा बन्न लागेको स्मृति भवनको विरोध गर्ने र गराउने नेता निधि नै रहेको दाबी गरे ।
सो विश्वविद्यालयको प्रशासनिक भवन बारे नेता निधिले दिएको अभिव्यक्ति उनको व्यक्तिगत रहेको नेता महासेठले टिप्पणी गरे ।

राजर्षि जनक विश्वविद्यालय नेता निधिले मात्रै नल्याएको दाबी गर्दै उनले नेता निधि आफ्नो वाहवाहीका लागि झुटो बोलेको आरोप लगाए । प्रशासनिक भवन फुलगामाको मनियारीमा बनोस वा अन्य ठाउँमा तर बन्नुपर्ने उनको तर्क थियो ।
नेता निधिले हिजोको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ वाट बिजयी प्रतिनिधिसभा सदस्यहरु राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए ।

तर, नेता महासेठले विश्वविद्यालय सम्पूर्ण मिथिला मधेशबासीको परिकल्पना रहेका कारण आफुले त्यस्तो सोच नराखेको स्पष्ट पारे । त्यस्तै एमालेकी पोलिट्व्युरो सदस्य जुलीकुमारी महतोले नेता निधिले महिला सांसद भनेर गरेको टिप्पणी प्रति आक्रोश पोखिन् । उनले आफूलाई महिला सांसद भन्दै निधिले कामकाजको वातावरण बिगारेर केही गर्न नसकेको आफू बिरुद्ध प्रचारप्रसारमा लागेको बताइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै