ट्रेन्डिङ

खोलाले बगाउँदा वीरगन्जका एक पुरुषको मृत्यु

वीरगन्ज । खोलाले बगााँउदा पर्साका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बस्ने पुरुषोत्तम शर्मा छन् ।

उनीसहितको टोलि असार २१ गते वीरगन्जबाट इभी गाडी रिजर्भ गरी मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर १ टौवासमा बनभोज खान गएका थिए । सोही क्रममा टौवास खोलामा नुहाएर खोला तर्दा पानीको बहाव बढेर ४०० मिटर तलसम्म बगाएर लगेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको जाँच मुचुल्का गरी आवश्यक अनसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै