जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही ईलाकामा असार १९ गते तस्कर समुहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोही ईलाकामा मोटरसाईकलमा अवैध सामानहरु लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामान खोजतलास गर्ने क्रममा एउटा वटा मोटरसाईकल फेला पारेको थियो ।
साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी १००/१५० जनाको संख्यामा लुखिछिपी बसेका ती व्यक्तिहरुले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । सोही क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारीहरु घाईते भएका छन् भने स्थित नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको सशस्त्रका डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
घाइते भएकाहरुमध्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको थापाले बताए ।