ट्रेन्डिङ

सैनिक कल्याणकारी कोष हिनामिनाः सहायक रथी खड्का र मेजर कार्की बर्खास्त

वीरगन्ज । सैनिक कल्याणकारी कोषमा २ करोड २१ लाख ८५ हजार ५ सय १५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको आरोपमा सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।

दुवैलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

प्रवक्ता बस्नेतका अनुसार, ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको छ।’ अपचलन भएको रकमसमेत दुवै जनाबाट असुलउपर गर्न अदालतले आदेश दिएको छ।

सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो।

अदालतले यस प्रकरणमा जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ। थापा पुर्पक्षका लागि थुनामा छन् भने अधिकारी हाल अमेरिकामा छन्।

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएको सेनाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै