वीरगन्ज । आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि साविक विजेता जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ।
अघिल्लो संस्करणको उपाधि जितेको बोल्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत कप्तान आसिफ शेखसहितका खेलाडीहरूलाई आफ्नो टोलीमा कायम राखेको जानकारी दिएको हो।
रिटेन हुने खेलाडीहरूमा आसिफ शेखका साथै अनिलकुमार साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापा रहेका छन्।
यसअघि टोलीमा रहेका हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाठी र अरनिको प्रसाद यादवलाई भने बोल्ट्सले रिलिज गरेको छ। यस निर्णयले आगामी एनपीएलमा जनकपुर बोल्ट्सको रणनीति र प्रदर्शनमा कस्तो प्रभाव पर्छ भन्ने कौतुहलता बढेको छ।