रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रोहित साह सोनार रहेको प्रहरीले जनाएको छ। ३० वर्षीय साह बिहान आफ्नै खेतमा मोटर चलाएर सिँचाइ गरिरहेका बेला अचानक करेन्ट लागेको थियो।
घट्नास्थलमा नै उनको मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।