जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टी धनुषाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजकुमार यादव निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा द्वय शोभित महतो र सुर्या पौडशानी, सचिवमा राम नारायण साह, उ–सचिवमा त्रय बबी कुमारी महतो, सुशील कुमार मण्डल र एक पद भने रित्त राखिएको छ ।
त्यस्तै सदस्यहरुमा उमेश मण्डल, मन्तोरिया देवी दास, सुरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, रामललित मण्डल, शिला कुमारी मडल, किरणकुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ, धनिराम ठाकुर, रामबाबु रविदास, सुरतलाल यादव, योगेन्द्र महतो, विजयकुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान रहेका छन् ।
त्यसैगरी रामकुमार महतो, हिरा देवी महतो, लाल बहादुर थापा, जीतबहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दहाल, शर्मिला सुनुवार, प्रदीपकुमार बुढाथाकी, कोशिला देवी महरा, मुनीदेवी झा, धर्मशिला देवी यादव, दुरो कुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विशेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोषकुमार यादव, रानीवती देवी मण्डल, हिरिया कुमारी मुखिया, गंगाप्रसाद दास, फिरन दास तत्मा, रामविनेश पंजियारलगायतका ६८ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको जनाइएको छ ।
लैटरपैडमा बबण्डर मिस्टेक
सर्वसम्मत रुपमा भएका निर्वाचितहरुको नामवली हतारहतारमा सार्वजनिक गर्दा धनुषा जिल्ला हुनुपर्नेमा रौतहट जिल्ला समिती भनेर नामावली सार्वजनिक गरिएको छ । लेटरहेडमा मिति पनि गलत रहेको छ । एस धनुषाको लैटरपैडमा भने निर्वाचितहरुको नामावली सार्वजनिक गरिएको छैन । बुधबार राती नामावली सार्वजनिक गरिएको हो ।