ट्रेन्डिङ

एसईईको नतिजा सार्वजनिक, एसईईको रिजल्ट कसरी हेर्ने ?

वीरगन्ज। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।

योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

एसईईको रिजल्ट कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ ।

एसईई २०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA)मात्र तुरुन्तै हेर्न सकिनेछ ।

नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै