ट्रेन्डिङ

धनुषामा कुनकुन स्थानीय तहले बजेट ल्याउन सकेनन् ?

जनकपुरधाम ।धनुषामा १२ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याउन सफल भएको छ भने ६ वटा पालिकाले भने निर्धारित समयमा बजेट ल्याउन सकेनन् ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६ वटा पालिकाले निर्धारित समयमा नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् ।

मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन ।

सो पालिकामा आन्तरिक विवाद, जनप्रतिनिधिबीच मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट पेश गर्न नसक्दा निर्धारित समयमा बजेट ल्याउन सकेको छैन ।

नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेश गर्न नसकिएको जानकारी दिए ।

त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेकोे जनाइएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले उपमेयर रचना माथेमाले असहयोग गर्दा समयमै बजेट ल्याउन नसकिएको बताए ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

सोही ऐनले नीति तथा कार्यक्रम तथा बजेट पेश गरेपछि १५ दिनभित्र बहुमतले पारित गर्नुपर्ने प्रावधानसमेत छ ।

तर सो प्रावधानअनुसार जिल्लाका १२ स्थानीय तहले भने निर्धारित सयममा नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् ।

यीमध्ये मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह मंगलबार बजेट सार्वजनिक गरेका हुन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, शहिदनगर र धनौजी नगरपालिका र जनकपुरधाम नगरपालिकालेले नीति, कार्यक्रम तथा बजेट पेश गरिसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै