ट्रेन्डिङ

प्रदेशसभाको बैठक बुधबार बस्ने

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक बुधबार बस्ने भएको छ ।

बुधबार बस्ने मधेश प्रदेशसभाको बैठकमा आर्थिक कार्यदिशाबारे छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिपक्ष दलहरुले भने बजेट विनियोजनमा छलफल हुनका लागि रेडबुक उपलब्ध नगराइएसम्म प्रतिपक्षी दलहरु बजेटको छलफलमा सहभागी नहुने जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले जनाएका छन् ।

हाउसमा हुने टेबुलका लागि छलफल अघि कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बजेटको बारेमा छलफल भएपछि मात्रै विनियोजित बजेटबारे प्रदेशसभामा बैठक बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले जनाए अनुसार बुधबार बस्ने हाउसमा आर्थिक कार्यदिशाबारे छलफल हुने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै