ट्रेन्डिङ

परवानीपुर गाउँपालिकाले ल्यायो ३४ करोड बढीको बजेट

बारा । परवानीपुर गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित उक्त सभामा आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

गाउँपालिकाकी उपमेयर सुगन्धी देवी कनुईनको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षका लागि विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरियो।

अध्यक्ष कुर्मीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा महिलामुखी कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइने बताएका छन्। गाउँ सभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै