ट्रेन्डिङ

रौतहटको चन्द्रपुरमा यात्रुवाहक बस पल्टियोः १० जना घाइते, चालक फरार

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट भिठ्ठामोड (महोत्तरी)तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई राजमार्गको दक्षिण किनारमा करिब ७ फिट तल खसेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

दुर्घटनास्थलमा बस पल्टिएको अवस्थामा फेला परेको र चालक फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले जानकारी दिए। बसमा कुल २५ जना यात्रु सवार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै