ट्रेन्डिङ

सर्लाहीमा बाटो विस्तारको कामले ल्यायो तनाव, प्रहरीले चलायो गोली

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको कामलाई लिएर स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गर्नु परेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बाटो चौडाइको क्रममा केही स्थानीयले ढुङ्गामुढा गर्दै अवरोध सिर्जना गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले ब्ल्याङ्क फायर गरेको हो।

उक्त झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना सर्वसाधारण घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल उक्त क्षेत्रमा अवस्था सामान्य भइसकेको र शान्तिपूर्ण ढंगले काम अगाडि बढाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै