ट्रेन्डिङ

पर्सामा राष्ट्रिय परिचयपत्र सेवा १० घण्टा चल्ने, सेवाग्राहीको चाप धान्न समय बढाइयो

फाइल तस्बीर

वीरगन्ज । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले सेवा समय बढाएको छ।

अब २०८२ असार ४ गते(भोली)देखि लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म (१० घण्टा) राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा उपलब्ध हुने भएको छ।

कार्यालयका प्रशासकीय अधिकृत दिपक कुमार पटेलद्वारा जारी सूचनामा सार्वजनिक बिदाबाहेक हरेक दिन यो सेवा उपलब्ध गराइने उल्लेख छ। नागरिकको सुविधालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समय विस्तार गरिएको कार्यालयले जनाएको छ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउने नागरिकको माग तीव्र गतिमा बढेको छ। यो कार्ड रोजगारी, विदेश यात्रा, नागरिकता अद्यावधिक, बैंक तथा विभिन्न सरकारी सेवाका लागि अनिवार्य बन्दै गएको छ। यसै आवश्यकतालाई सम्बोधन गर्न र सेवाग्राहीले सहजै सेवा पाऊन् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई समयमै सेवा लिनका लागि आवश्यक कागजात र जानकारीसहित उपस्थित हुन पनि आग्रह गरेको छ। यो कदमले राष्ट्रिय परिचयपत्र सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै