ट्रेन्डिङ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा ५० लाख धरौटीमा रिहा

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत बहादुर थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको गम्भीर आरोप लागेको थियो। उनले ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबीसहित मुद्दा चलाइएको थियो।

यस प्रकरणमा नगरप्रमुख थापासँगै उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै