बारा । जिल्लाको फेटा गाउँपालिका वडा नम्बर–२, बिनवलियामा आज विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं महिला तथा पुरुष नेता–कार्यकर्ता लोकतान्त्रन्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रवेश गरेका छन्।
यस प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई लोसपा नेपाल, मधेश प्रदेशका अध्यक्ष तथा माननीय जितेन्द्र सोनलले टीका र माला लगाई स्वागत गरे।
पार्टी प्रवेश गर्नेहरूमध्ये जयकिशुन मुखिया लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरू रहेका छन्। कार्यक्रममा मन्तव्य राख्दै प्रदेश अध्यक्ष सोनलले लोसपामा प्रवेश गरेका सबैलाई उचित सम्मान र स्थान दिइने प्रतिबद्धता व्यक्त गरे।
नवप्रवेशीहरूले लोसपाको विचार, सिद्धान्त र मधेशी जनताको हकहितका लागि गरिरहेको संघर्षबाट प्रभावित भई पार्टी प्रवेश गरेको बताएका छन्। यस प्रवेशले फेटा गाउँपालिकामा लोसपाको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा लोसपाका स्थानीय नेताहरू, फेटा गाउँपालिका प्रत्यासी मदन साह, फेटा गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष जयप्रकाश दास, भुलन दास, बाबुलाल कुशवाहा, रामसुन्दर ठाकुर लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।