ट्रेन्डिङ

मधेश प्रदेशमा मनसुन थप सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

वीरगन्ज । स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय बनेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मधेश प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा आज दिउँसो र राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार, हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। साथै, देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले मधेश प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

महाशाखाले मधेश प्रदेशमा हुने सम्भावित भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि क्षेत्र, स्वास्थ्य सेवा, सडक यातायात र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। नदी किनारमा बसोबास गर्ने र तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै