वीरगन्ज । आम विद्यार्थी मोर्चाले आफ्नो पर्सा जिल्ला कमिटी पुनर्गठन गरेको छ।
वीरगन्जमा आज सम्पन्न भेलाले स्वस्तिका गुप्ताको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ ।
योसँगै मधेश प्रदेशमा शिक्षक दरबन्दीको असमान वितरणका कारण विद्यार्थीको भविष्यमाथि भइरहेको खेलवाडको अन्त्य गर्न आम जनता पार्टी (आजपा) को विद्यार्थी संगठन आम विद्यार्थी मोर्चाले निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ।
मोर्चाले मधेश प्रदेश सरकारले शिक्षक वितरणमा गरेको विभेदका कारण शैक्षिक गुणस्तरमा ह्रास आएको र यसले विद्यार्थीको भविष्यमा नकारात्मक असर पारिरहेको आरोप लगाएको छ।