ट्रेन्डिङ

भ्रष्टाचार आरोपमा पक्राउ परेका जसपा नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित

जनकपुरधाम । भ्रष्टाचारको आरोपमा पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहा निलम्बन भएका छन् ।

पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका उनलाई मधेश प्रदेश सभाले निलम्बन गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो बिहीबार काठमाडौंको अनामनगरबाट उनलाई पक्राउ गरेको थियो भने प्रदेश सभाले आज निलम्बनको निर्णय गरेको हो।

अख्तियारले सिंहमाथि मधेश सरकारको विभिन्न योजना खरिद बिक्रीमा अनियमितता गरेको आरोपमा गहिरो अनुसन्धान गरिरहेको छ। यसअघि, अख्तियारले जेठ १२ गते सिंहको घरमा छापा मारेको थियो, जहाँ उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए। सो क्रममा अख्तियारले विभिन्न योजनाका कागजात र डिजिटल फरेन्सिक जाँचका लागि मोबाइलसमेत बरामद गरेको थियो।

अख्तियारले पक्राउ गरेलगत्तै कुशवाहालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। भ्रष्टाचारको आरोपमा सांसद पक्राउ परेपछि उनीमाथिको संसदीय जिम्मेवारी स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै