ट्रेन्डिङ

जसपा नेपालका मधेश प्रदेश सभा सदस्य सरोज सिंह अख्तियारको फन्दामा

वीरगन्ज। भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ ।

सिंह, जो मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन्, काठमाडौंको अनामनगरबाट पक्राउ परेका हुन् ।

यसअघि, अख्तियारले जेठ १२ गते सिंहको घरमा छापा मारेको थियो, जहाँ उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए । सो क्रममा अख्तियारले विभिन्न योजनाका कागजात र डिजिटल फरेन्सिक जाँचका लागि मोबाइल समेत बरामद गरेको थियो ।

अख्तियारले सिंहमाथि मधेश सरकारको योजना खरिद बिक्रीमा अनियमितता गरेको आरोपमा गहिरो अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै