ट्रेन्डिङ

अखिल (क्रान्तिकारी) द्वारा कार्य विभाजन, मिरोज अहमदलाई सम्पर्क विभाग प्रमुखको जिम्मेवारी

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले आफ्नो केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णय सार्वजनिक गर्दै कार्य विभाजन गरेको छ।

गत माघ २७ गते बसेको बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको सङ्गठनले जनाएको छ।

सार्वजनिक विवरणअनुसार, सङ्गठनका केन्द्रीय सचिव मिरोज अहमदलाई सम्पर्क विभाग प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने अखिल (क्रान्तिकारी) ले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै