ट्रेन्डिङ

गृह मन्त्रालयद्वारा साताव्यापी ट्राफिक सप्ताह कार्यक्रमको समुद्घाटन

जनकपुरधाम । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले सचेतनामुलक साताव्यापी ट्राफिक सप्ताह कार्यक्रमको समुद्घाटन गरेका छन् ।

मन्त्रालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्य र समन्वयमा गृहमन्त्री राजकुमार लेखीले जनकपुरमा ट्राफिक सचेतनामुलक साताव्यापी कार्यक्रमको समुद्द्घाटन गरेका हुन। अङ्ग्रेजीमा ‘Safe Drive, Long Life’ तथा ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ लेखिएको ब्यानर सहित सहभागी सबैले हातमा विभिन्न ट्राफिक नियनसँग सम्बन्धित सचेतनामुलक प्ले कार्ड बोकेर प्रभातफेरी समेत गरिएको छ।

गृहमन्त्री लेखीको नेतृत्वमा प्रभातफेरी कार्यक्रम जनकपुधामको रमानन्द चौकबाट सुरु भइ महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो।

ट्राफिक सप्ताहको समुद्द्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले ट्राफिक नियम उलंघनका घटनाहरु अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बढिरहेको भन्दै सबैले ट्राफिक नियमको पालना गरे हामीलाई नै फाइदा हुने बताए ।

‘चालकले गुडिरहेको गाडी रोकी हाल्छ भनी सोची हामीले सडकबाटो काट्न थाल्छौं, यदि गाडीको ब्रेक फेल भएको रहेछ वा ब्रेक फेल भई दियो भने स्थिति भयावह हुन जान्छ ।’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसैले हामीले आजै र आफैबाट ट्राफिक नियमको पालना गरौं ।’

कार्यक्रमको अध्यक्षता गरेका गृहमन्त्री लेखीले कानुन, नियम र विधी मिच्ने काम कसैले पनि गर्नु हुँदैन,यसबाट बेफाइदा आफैलाई हुन गई हत्या हिंसाका घटना दिनानुदिन बढिरहेको बताए । गृहमन्त्री लेखीले भने, ‘अहिले प्रायः हरेक युवाहरुसंग दुई पाङ्ग्रे मोटरसाइकल छन् तर असावधानीपुर्वक र लापरबाही गरि कुदाउदाँ अप्रिय घटना हुन गई बर्सेनि सयौं युवाहरूले ज्यान गुमाउने र अङ्गभङ्ग हुने गरेका छन् ।’

‘अहिले युवापुस्ताहरु कुलत र लागू पदार्थको दुर्व्यसनमा फसेका छ्न, जसका कारण घर र समाजमा कलह, विकृति, चोरी र अन्याय अत्याचारका घटनामा वृद्धि भईरहेको छ।’ कार्यक्रममा सहभागी युवाहरूलाई लक्षित गर्दै गृहमन्त्री लेखीले भने ।
समुद्द्घाटन कार्यक्रममा प्रहरी संगठनहरुले सांस्कृतिक बाजागाजा र भेषभुषा सहित ट्राफिक सचेतनामुलक विभिन्न नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जनकपुरका विभिन्न विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरु र युवाहरू सहभागी थिए ।

त्यस्तै कार्यक्रममा प्रदेश सचिव बिमल प्रसाद बराल, नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी भुवन खत्री, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी २ नं.बाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरधामका निर्देशक माधव प्रसाद तिमिल्सिना सहित प्रदेश तथा धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै