ट्रेन्डिङ

पर्सामा ‘अल्जाइमर’ रोगले ग्रसित बिरामीको पानीमा डुबेर मृत्यु

वीरगन्ज । नालामा जमेको पानीमा डुबेर पर्सामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ नगवा टोल बस्ने ५९ वर्षका अरुण लाल कर्ण छन् । उनी अल्जाइमर रोगले ग्रसित थिए ।

जेष्ठ १६ गते उनी दाह्री काट्न जान्छु भनी घरबाट निस्किए । तर रातीसम्म पनि घर नफर्किदा उनका आफन्तले पर्सा प्रहरीमा जानकारी गराएका डिएसपी किशोर लम्सालले बताए ।

त्यसपश्चात प्रहरीले उनको तीव्र खोजी सुरु गर्यो । खोजीकै क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नँया बस्ति स्थित नालाको पानी जमेको खेतखल्टोमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको जाँच मुचुल्का गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै