वीरगन्ज । नेकपा (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताएका छन् ।
आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताए । महासचिव पोखरेलले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेको बेला जनताको विजयको उत्सवको दिनलाईपछाडि फर्काउने अवाञ्छीन गतिविधि भइरहेको बताए ।
उनले गणतन्त्र विरोधि क्रियाकलाप भइरहेको बेला पार्टीले गणतन्त्रलाई जनताको उत्सवको रुपमा मनाउनुपर्दछ भनेर देशव्यापी रुपमा उत्सव मनाउन थालिएको बताए । उनले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व र नेपालको आफ्नो बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता सहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको बताए ।
सभा अघि एमालेले भेषभूषा, सांस्कृतिक झाकी र्याली निकालेको थियो । विहान ११ बजेदेखि एमालेले आरआर क्याम्पस, पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा,सांस्कृतिक झाकीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर वृहत र्याली निस्केको थियो । र्याली शहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगि समापन गरिएको थियो ।
उत्सवमा पञ्चेवाजा, झ्याली, नेवारी सस्कृति झल्कने भेषभुषामा प्रर्दशन गरिएको थियो । उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।