ट्रेन्डिङ

श्री महेन्द्र आधारभूत विद्यालयको निरीक्षणमा नेता सोनल, भवन निर्माणको प्रतिबद्धता

वीरगन्ज । बिश्रारामपुर गाउँपालिका–५, नकटुवास्थित श्री महेन्द्र आधारभूत विद्यालयको जीर्ण भवन तथा क्षतिग्रस्त कम्पाउन्ड वालको स्थलगत निरीक्षण गरिएको छ।

निरीक्षण भ्रमणको नेतृत्व लोसपा मधेस प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य माननीय जितेन्द्र सोनलले गरेका हुन्।

निरीक्षणका क्रममा नेता सोनलले विद्यालयको शैक्षिक वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन शीघ्र नयाँ भवन तथा कम्पाउन्ड वाल निर्माण गर्ने प्रतिबद्धता जनाए।

स्थानीय सरकारको पनि रहनेछ साथ

कार्यक्रममा बिश्रारामपुर गाउँपालिका अध्यक्ष जुबेर अली भुटोले पालिकाको तर्फबाट समेत आवश्यक सहयोग हुने प्रतिवद्धता जनाए।

“शिक्षाको आधार बलियो नभएसम्म समाजको विकास सम्भव छैन,” अध्यक्ष भुटोले भने, “यसप्रति पालिका गम्भीर छ।”

निरीक्षण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबि अख्तर आलम, लोसपा मधेस प्रदेश सदस्य कृष्ण साह, पूर्व वडा अध्यक्ष भोला साह, उपेन्द्र महतो, अच्छे लाल सर्राफ, सुरेश महतो, जुगेश साह, विजय महतो, शर्मा साह सोनार, जोगिन्द्र महतो, विद्यार्थीका अभिभावक तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति थियो।

स्थानीय अभिभावकहरूले विद्यालयको जीर्ण अवस्था प्रति चिन्ता व्यक्त गर्दै नयाँ भवन निर्माणले बालबालिकाको शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै