वीरगन्ज । टिपरको ठक्करबाट पर्सामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको हो ।
मृत्यु हनेमा वीरगन्ज-१६ नगवा टोल बस्ने २२ वर्षका छोटु साह सोनार रहेका प्रहरीले जनाएको छ ।
वीरगन्जबाट अलौंतर्फ जाँदै गरेको बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ९४२९ नम्बरको टिपरले शनिबार साँझ ठक्कर दिएको थियो ।
दुर्घटनामा छोटुको टाउको र छातीमा चोट लागेर घाइते भएका उनलाइ उपचारको लागी निलकण्ठ अस्पताल पठाईयो । उपचारकै क्रमामा उनको मृत्यु भएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।
दुर्घटनामा मोटरसाईकल पछाडी सवार वीरगन्ज-२९ रतनपुर टोल निवासी २९ वर्षका शुकुरुला अंसारी घइते भएका छन् ।
उनको कमर र दुईटै खुट्टामा चोट लागेको तथा नेशनल मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर तथा चालक बाराको कलैया उपमहानरपालिका वडा नम्बर १६ वस्ने वर्ष ३२ को कृष्ण प्रसाद पटेल पक्राउ गरेको बतायो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी पर्साले जानकारी दिएको छ ।