ट्रेन्डिङ

गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः शेखर कोइराला

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारको विषय सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सहयोग गरेको उदाहरण दिँदै गृहमन्त्री लेखकले राजीनामा दिँदा उनको नैतिक हैसियत उच्च हुने बताए।

कोइरालाले भने, ‘नैतिकताको हिसाबले म क्लिन छु। मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरू भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले मन्त्री लेखकले राजीनामा दिँदा अनुसन्धान प्रक्रियालाई सहज बनाउनुका साथै उनको व्यक्तिगत नैतिकता पनि स्पष्ट हुने धारणा राखे।

नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको अवकाशपछिको ‘क्लब’ जस्तो बनेको भन्दै कर्मचारीका लागि ‘कुलिङ पिरियड’ (सेवा निवृत्त भएपछि निश्चित समयसम्म कुनै पदमा बस्न नपाउने व्यवस्था) अत्यावश्यक रहेको औँल्याए।

लोकतान्त्रिक दलहरू जनमत संग्रहबाट डराउन नहुनेमा जोड दिँदै कोइरालाले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए।

त्यस्तै, नेपाली कांग्रेसको आगामी महाधिवेशन २०८२ सालको मंसिरमा नै हुनुपर्ने आफ्नो अडान कायम रहेको बताउँदै उनले कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिनसमेत आग्रह गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै