ट्रेन्डिङ

वीरगञ्जमा सहकारी क्षेत्रका चुनौतीबारे गहन छलफल, समाधानका उपायमा जोड

वीरगञ्ज । पर्साको सहकारी क्षेत्रले वर्तमानमा भोगिरहेका समस्या तथा तिनको समाधानका सम्भावित उपायबारे गम्भीर छलफल गर्न आज वीरगञ्जमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा गृह लक्ष्मी साकोसको सभाहलमा आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” मा सहकारीकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कृन) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता को-अपरेटिभ म्यानेजर्स क्लबका सभापति रवि भुषण श्रीवास्तवले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो । कार्यक्रममा क्लबका सञ्चालक समिति सदस्यहरु र विभिन्न संघसंस्थाका गरी करिब ४० जना प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरू, नीति निर्माणमा सुधारको आवश्यकता, पारदर्शिता अभिवृद्धि र व्यवस्थापन सुधारका उपायहरूबारे खुलेर बहस गरेका थिए ।

छलफलले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक कदमहरुबारे महत्वपूर्ण निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै