वीरगन्ज । बारा प्रहरीले झण्डै ३ करोड मूल्य बराबरका सामानसहितको ट्रक पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैया बाराबाट प्रहरी नायब निरिक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट सामानसहितको ट्रक पक्राउ गरेको हो ।
प्रहरीले वीरगन्जबाट कास्कीतर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो ।
सोही क्रममा ट्रकमा लोड रहेका सामानको बिल शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुइ करोड ७० लाख ५६ हजार ३ सय ८ रूपैया बराबरको नोकिया र वोल्ड लिंक कम्पनीको राउटर १७ हजार २७० पिस पक्राउ गरेको बतायो ।
पक्राउ परेका सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।