ट्रेन्डिङ

चट्याङ लागेर वीरगन्जमा एक जनाको मृत्यु

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १६ वर्षका शिव शंकर माझी रहेका प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ बजे घरमै सुतिरहेको बेला चट्याङ पर्दा उनी गम्भीर घाइते भए । घटनापछि उनी केही कदम बाहिरतिर हिँडे पनि अचानक बेहोस भए ।

घटनास्थलमै पुगेका स्थानीयले सोलकपुरस्थित मेडिकलबाट चिकित्सकलाइ डाके । त्यसपछि चिकित्सकले उनलाई घटनास्थलमै मृत्यु भएको घोषणा गरेका थिए ।

घटनाबारे बुधबार बिहान ७ बजे प्रहरीलाई जानकारी गराइएपछि, ईलाका प्रहरी चौकी टेढाबाट प्रहरी निरीक्षक ऋषि भट्टराईको कमाण्डमा टोली घटनास्थल पुगेर आवश्यक कार्य सम्पन्न गरेको छ।

थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सिन अफ क्राइम अफिसर (सोको) टोली समेत खटाइएको छ।

विपत्बाट सचेत रहन आग्रह

चट्याङ लगायत प्राकृतिक विपत्बाट सावधान रहन अनुरोध गरिएको छ । मौसम परिवर्तनसॅंगै हुन सक्ने विपत्बाट जोगिन प्रहरीले सर्वसाधारणसमक्ष अपील गरेका छन् ।

गर्मी मौसममा चट्याङका घटनाहरू वृद्धि हुने भएकाले खुला ठाउँमा ननिस्कनु, सुरक्षित स्थानमा रहन र विद्युतीय उपकरणहरूको प्रयोग कम गर्नु जस्ता सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै