ट्रेन्डिङ

लोसपा नेता सोनलद्वारा प्रसौनीमा चिल्ड्रेन पार्क तथा भवन निर्माणको शिलान्यास

वीरगन्ज । बाराको प्रसौनी गाउँपालिका–३ नौतनस्थित श्री रामजानकी नेरा नि.मा. वि. परिसरमा चिल्ड्रेन पार्क तथा चार कोठे विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।
पूर्व मन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनलले एक कार्यक्रमकाबीच सोको शिलान्यास गरेका हुन् ।

शिक्षा क्षेत्रको आधारभूत पूर्वाधार विकास तथा विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक पक्षको समग्र विकास गर्ने उद्देश्यसहित चिल्ड्रेन पार्क निर्माणको योजना अघि सारिएको विद्यालय प्रशासनले जनाएको छ । निर्माणका लागि मधेश प्रदेश सभा सदस्य समेत रहेका सोनलको पहलमा मधेस प्रदेश सरकारको बजेट विनियोजन गरिएको छ ।

शिलान्यास कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा प्रसौनी गाउँपालिका पूर्व अध्यक्ष भोला गुप्ता, पन्नालाल यादव, राजहरण साह, विश्वनाथ साह कानु, जितेन्द्र साह कानु, प्रमाणन्द पटेल, सरजुग दास, शिवनाथ साह, सञ्जय तिवारी, प्रेमचन्द्र साह, गणेश महतो, नरेश पटेल, सन्तोष साह, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै