ट्रेन्डिङ

कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

वीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिन स्थगित गरेको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो । दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) शुरूदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कार्यदल गठन गरिएको छ ।


उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको गुनासो आएको मन्त्रालयले उल्लेख गरेको छ ।

कोरियास्थित नेपाली दूतावासका अनुसार डी फोर भिसामा जाने विद्यार्थीहरूले कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्नुपर्छ । त्यसपछि डी फोरबाट डी टु भिषामा जान अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्छ । त्यो बेला विद्यार्थीहरुले ब्ल्याक लिस्टका विश्वविद्यालयमा पनि अप्लाई गर्ने, क्रेडिट आवर कम भएकाहरूमा छानी छानी अप्लाई गर्ने समस्या देखिएको दूतावासको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै