ट्रेन्डिङ

पर्साको जगरनाथपुरमा विभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा जनसभामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार जगरनाथपुर गाउँपालिका–५ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका शिवजी पटेल, राधेश्याम पटेल, भोला पटेल, ध्रुव गद्दी, नेकपा एमालेका ध्रुव राउत गद्दी, नइम राउत गद्दी, हिरालाल महरा तथा जसपाका सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नवप्रवेशीहरूलाई गम्छा, फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै डा. राउतले सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाए । उनले मधेशका युवाहरू संघीयताकै कारण सरकारी सेवा, प्रहरी, सेना लगायत क्षेत्रमा प्रवेश गर्न सफल भएको भन्दै अब शोषक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे ।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा जिल्ला इन्चार्ज ओमप्रकाश सर्राफ, माधवप्रसाद सिंह, राजु गिरी, विनय यादव, नजमा खातुन, जीवन त्यागी लगायतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहका प्रत्येक वडामा संगठन विस्तार र मजबूतीकरणको लागि जनमत पार्टीले रणनीति बनाएको पर्सा इन्चार्ज सरार्फले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै