वीरगन्ज । कोअपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, वीरगन्ज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता : सिद्धान्त, गणना र कार्यान्वयन” विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रमको अधयक्षता क्लबका अध्यक्ष रविभुषण श्रीवास्तवले गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक का संचालक विश्वनाथ मण्डल रहेका थिए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक रूपमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईं रहेका थिए भने कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष विष्णु बराल, निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगन्ज शाखाका प्रमुख सञ्जय कुमार महतो को उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदिप कुमार लोहारले गरेका थिए ।
गोष्ठीमा बारा र पर्साका ७० वटा सहकारीका ८० जनाको सहभागिता रहेको थियो ।
क्लबका सचिवद्वारा सहकारीहरूको सरोकार, समस्या तथा प्रशिक्षण आवश्यकताका बारेमा विवरण प्रस्तुत गरियो। सहभागीहरूले गोष्ठीलाई अत्यन्त उपयोगी र व्यवहारिक अनुभूति गरेका छन्।
सहकारी व्यवस्थापनमा संलग्न व्यक्तिहरूबीच ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार गर्न गोष्ठी सफल ठहरिएको छ। अपरेटिभ म्यानेजर्स क्लब, पर्साले भविष्यमा यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तो किसिमको कार्यशालाले सहकारीहरूको दक्षता, पारदर्शिता तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।