ट्रेन्डिङ

सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढयो

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदी सोमबार पनि सोही कायम भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै