ट्रेन्डिङ

जसपा नेपाल बाराको जिल्ला समिति निर्वाचन सम्पन्न, अध्यक्षमा रामेश्वर यादव विजयी

बारा । बाराको जनता समाजवादी पार्टी नेपाल (जसपा) को जिल्ला निर्वाचन समिति बाराको तर्फबाट सम्पन्न निर्वाचनमा रामेश्वर यादव अध्यक्षमा निर्वाचित भएका छन्।

उनले २६६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

निर्वाचन परिणामअनुसार, उपाध्यक्ष पदमा विनोद कुमार सिंह (२३५ मत) र सुनिल प्रसाद गुप्ता निर्वाचित भए।

सचिवमा भानु कुमार झा (२६१ मत) र सह-सचिवमा जितेन्द्र यादव (२७२ मत) तथा बिरेन्द्र यादव विजयी भए।

कोषाध्यक्षमा विजय प्रसाद साहले २६६ मत ल्याउँदै निर्वाचित भएका छन्।

विभिन्न पदमा उम्मेदवारी दिएका अन्य केही प्रत्याशीहरू भने पराजित भएका छन ।

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको रूपमा संजय प्रसाद साहले जनाए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै