काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा आज एक हजार ४०० ले गिरावट आएको हो ।
आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज भने एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर एक हजार ९७० कायम भएको छ ।