ट्रेन्डिङ

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, कुनकुन प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना ?

काठमाडौँ । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही स्थान र कोशी, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई ठाउँमा पनि यस्तो अवस्था देखिन सक्ने पूर्वानुमान गरिएको छ।

सतर्कता अपनाउन आग्रह

मौसममा आउने उतार–चढावले कृषि, सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै