ट्रेन्डिङ

जम्मु–कश्मीरको आतङ्ककारी हमलाप्रति जनमत पार्टीको गम्भीर भर्त्सना, पीडित नेपाली परिवारप्रति समवेदना

काठमाडौं ।भारतको जम्मु–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते (एप्रिल २२) मा पर्यटकहरूलाई लक्षित गरी गरिएको आतङ्ककारी आक्रमणप्रति जनमत पार्टीले गम्भीर भर्त्सना गर्दै घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेको छ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त आतङ्ककारी हमलालाई मानवताको विरुद्धमा गरिएको क्रूर कार्यको संज्ञा दिँदै त्यसको कडा निन्दा गरिएको छ। “मानवतालाई नै शर्मसार पार्ने यस्ता अमानवीय कार्य कुनै पनि आधारमा स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

जनमत पार्टीका अनुसार सो घटनामा ज्यान गुमाएका २६ जना पर्यटकमध्ये एक जना नेपाली नागरिक समेत रहेका छन्।

पार्टीले उक्त दुःखद घटनाबाट प्रभावित नेपाली नागरिकको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

पार्टीले आतङ्कको कुनै पनि स्वरूपलाई अस्वीकार गर्दै, मानव अधिकार, जीवन रक्षा र शान्तिको पक्षमा उभिन सबैलाई आह्वानसमेत गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै