ट्रेन्डिङ

वीरगन्जमा यही १५ गते ‘कुबेरका खजाना’ नामक ज्ञान सत्र हुँदै, भारतबाट राज दिदी आउँने

वीरगन्ज । वीरगन्जमा कुबेरका खजाना नामक ज्ञान सत्र आयोजना हुने भएको छ ।

स्नेहा पटवारीको अगुवाइमा वीरगन्जस्थित नगर सभा गृहमा कुबेरका खजाना नामक ज्ञान सत्र आयोजना हुन लागेको हो ।उक्त कार्यक्रममा भारतीय ख्याति मोटिभेसनल स्पीकर श्रीमती राजेश्वरी जी मोदी (राज दिदी) ले आफ्‌नो अनुभव अदानप्रदान गर्नुहुनेछ ।

अबको ६ दिन पछाडि उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक पटवारीले बताइन । उनका अनुसार पहिलो चरणको कार्यक्रम विहान साढे ११ बजेदेखि सुरु हुन्छ, जुन साढे ३ बजेसम्म चलिरहन्छ ।

यो कार्यक्रम सके पश्चात अर्को मुख्य कार्यक्रम सुरु गरिन्छ । आयोजकका अनुसार दोस्रो चरणको कार्यक्रममा रेकी सेसन राखिएको छ ।

जसका लागि साढे ४ बजेदेखि साढे ५ बजेसम्मका लागि समय छुट्टयाइएको आयोजक संस्थाले जनाएको छ । यो रेकी सेसनमा उपस्थित महिलाहरुले समस्यामा परेका व्यक्तिहरुको लागि सामुहिकरुपमा प्राथना गर्नेछन् ।

यसरी सामूहिकरुपमा प्रार्थना गरेपछि सो व्यक्तिको समस्या समाधान हुने धार्मिक मान्यता छ । कार्यक्रम महत्वपूर्ण भएकोले सबैलाई कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले अनुरोध गरेको छ ।

कार्यक्रम यही २८ अप्रील अर्थात् यही १५ गते हुन लागेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै