ट्रेन्डिङ

आज सुनको मूल्यमा भारी गिरावट, तोलामा ७५ सयले घटयो

काठमाडौं । आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।

बजारमा सुनको मूल्य आज तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ ।

मंगलबार हिजो) अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै