ट्रेन्डिङ

विष खुवाएर आमाले मारिन् तीन छोराछोरी, अप्रेसन गरी एक बच्चाको जीवितै उद्धार

जनकपुरधाम । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छिन् ।

सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् । विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यादवका अनुसार सोमबार साँझ ६ः४० बजेको समयमा घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएकी थिइन् । स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो । उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै