ट्रेन्डिङ

मधेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्याय स्वतः निलम्बित

वीरगन्ज । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमल कुमार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर पछि स्वतः पद मुक्त भएका छन् ।
अध्यक्षमा आइतबार नियुक्त भएर सोमबार सपथ तथा पदभार ग्रहण गरेका उपाध्याय मुद्दा दायर भएसँगै स्वतः निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै उपाध्याय मधेश मिडिया काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।

उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमबार गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए । लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।


अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेकोसम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै