ट्रेन्डिङ

देशका पहाडी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोही प्रभावका कारण विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशीसहितका पहाडी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

ती क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहने मौसमविद्हarूले जनाएका छन्।

मौसममा देखिएको यो परिवर्तनका कारण कृषि, जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै