रौतहट । रौतहट प्रहरीले शुक्रवार भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
रौतहट प्रहरीबाट खटिएका प्रहरी चेकिङ टोलीले विभिन्न ठाउँमा भारत आउने सवारीसाधनहरुलाई जाँच गर्दा २ लाख भन्दा बढीको भन्सार छलीका सामान फेला परेको जनाएको छ ।
रौतहट प्रहरीका अनुसार आज मात्रै २ लाख ४९ हजार ६७५ रुपैयाँ बराबरको भन्सार छलीका सामानहरु फेला परेको हो ।
भन्सार छलीका किराना सामान, लत्ताकपडासहितका सामानहरु बरामद भएको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए । उनका अनुसार बरामद सबै सामान आवश्यक कारबाहीका लागि गौर भन्सारसमेत बुझाइसकिएको छ ।
भन्सार छलीको सामानसहित दुइवटा मोटरसाइकलसमेत बरामद भएको रौतहट प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चोरी पैठारी नियन्त्रणको अभियान प्रहरीले चलाएको छ । सोही अभियान अन्तर्गत भन्सार छलीका सामानहरु बरामद भइरहेका छन ।