ट्रेन्डिङ

स्थानीय र पश्चिमी वायुमा भारतको न्यूनचापीय प्रणाली प्रभाव, आज सबै प्रदेशमा वर्षा हुने

काठमाडौँ । देशमा हाल मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ ।

सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।

राति पनि यो क्रमले निरन्तरता पाउने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै