वीरगन्ज । लागू औषध नाइट्राजेपामसहित पर्साबाट दुइ जना पक्राउ परेका छन् ।
जिराभवानी गाउँपालिका वडा नम्बर ३ नोकाटोलाबाट लागू औषधसहित दुइ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय सेढवाबाट खटीएको संयुक्त टोलीले हुलाकी राजमार्गमा सवारी साधन तथा पैदल यात्रीहरु रोकेर जाँच गरेको थियो । सोही क्रममा स्वर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार उनीहरुको साथबाट लागू औषध फेला पारेको हो ।
प्रहरीले ८८६ नाइट्राजेपाम ट्याबलेट फेला पारेको प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।
लागू औषधसहित प्रहरीले मोटरसाइकल चालक जिराभवानी-५ बस्ने २५ वर्षका दिलिप प्रसाद राय र पछाडी सवार सोही वडाका २२ वर्षीय राजविध्या प्रसाद खा थारुलाई पक्राउ गरेको उनले बताए ।
पक्राउ परेकाहरुलाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।