ट्रेन्डिङ

बाल यौन दुव्र्यवहार मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

जनकपुरधाम । उच्च अदालत जनकपुरले बाल यौन दुव्र्यवहारको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर, उच्च अदालतले मुद्दाको प्रारम्भ नै त्रुटिपूर्ण भएको भन्दै जिल्ला अदालतको फैसला बदर गरेको हो ।

सिन्धुपाल्चोकमा आश्रम सञ्चालन गर्दै आएका बम्जनविरुद्ध रौतहटकी गंगामाया तामाङले २०७६ मा उजुरी दिएकी थिइन् । आफू बालिका हुँदा बम्जनले २०७३ सालमा बलात्कार गरेको आरोप उनले लगाएकी थिइन् । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो ।

उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो । प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
उच्च अदालत जनकपुरको फैसलापछि बम्जन सिन्धुपाल्चोक कारागारबाट रिहा भइसकेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै