ट्रेन्डिङ

तीन दिन बाली नकाट्न किसानलाई सुझाव

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बाली नकाट्न सुझाएको छ ।

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले मुसुरो, गहुँ लगायतका बाली नकाट्न किसानलाई सुझाइएको हो ।

मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए । 

पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै